Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीलाई प्रचण्डले भने– गिरिबन्धु फाइल खोलेरै छाडिन्छ

ओलीलाई प्रचण्डले भने– गिरिबन्धु फाइल खोलेरै छाडिन्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १५, २०८१ सोमवार • ११:४८:३३ बजे
  • 628
    SHARES
  • ओलीलाई प्रचण्डले भने– गिरिबन्धु फाइल खोलेरै छाडिन्छ

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

    images

    ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो ।

    बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ’, उनले भने ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए ।

  • सम्बन्धित विषय:

  • # खोलेरै छाडिन्छ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology