Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०८१ सोमवार • ०४:२५:०३ बजे
  • 718
    SHARES
  • उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ ।

    images

    काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार आज सोमबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।

    यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना पनि छ । पुस २३ गते मंगलबारको दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका हकमा भने थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडि भूभागका थोरै ठाउँहरुमा छिटफुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले बताए । उनका अनुसार बाँकी भूभागमा पनि एक–दुई ठाउँमा छिटफुटदेखि हल्का पानी पर्ने स्म्भावना छ ।

    पश्चिमी न्यूनचापीय प्रणालीको कारण यस्तो भएको बताउँदै उनले अघिल्ला पश्चिमी न्यूनचापीय प्रणालीभन्दा यो केही कमजोर देखिएको बताए । तर देशभर नै तापक्रम केही घटेर चिसो बढ्नेछ । बुधबार बिहानैबाट मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको उनले जानकारी दिए । काठमाडौं उपत्यकाको अवस्था कस्तो ? मौसमविद गंगा नगरकोटीका अनुसार आज बिहान पनि काठमाडौं उपत्यका आइतबारको दिनजस्तै धुम्म हुने छ । बादल लागेकाले काठमाडौं धुम्म भएको छ ।

    यस्तो अवस्था मंगलबारसम्मै रहने सम्भावना छ । बादल लागेकाले अधिकतम तापक्रम घट्दा चिसो महसुस भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ८ दशमलव ४ डिग्री सेल्सियस छ भने दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म रहने सम्भावना छ । मौसमविद नगरकोटीका अनुसार काठमाडौं उपत्यकामा मंगलबार छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना छ ।

  • सम्बन्धित विषय:

  • # पानी पर्ने सम्भावना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology