Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जिप दुर्घटना हुँदा ४ जना घाइते

जिप दुर्घटना हुँदा ४ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०८१ बिहिवार • ०५:४९:२५ बजे
  • 502
    SHARES
  • जिप दुर्घटना हुँदा ४ जना घाइते

    मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप विहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए । जिपको टायर फुस्केपछि दुर्घटना भएको बताइएको छ ।

    घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्वमा ल्याइएको थियो । प्रारम्भिक उपचारपछि दुई जनालाई थप उपचारका लागि रुकुम पश्चिमको मुसिकोट खलंगामा रिफर गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # ४ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology