Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालको पासपोर्ट झनै कमजोर बन्दै

नेपालको पासपोर्ट झनै कमजोर बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०८१ शनिवार • ०५:११:५९ बजे
  • 1000
    SHARES
  • नेपालको पासपोर्ट झनै कमजोर बन्दै

    हेन्ले पासपोर्ट इन्डेक्सले विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूको सूची सार्वजनिक गरेको छ। हेन्लीले आफ्नो राहदानीमा कति देशले आफ्ना नागरिकलाई भिसा फ्री भिसा उपलब्ध गराउँछ भन्ने आधारमा विश्वका सबै १९९ देशलाई र्‍याङ्किङ गर्छ।

    images

    इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) बाट प्राप्त तथ्याङ्कका आधारमा तयार पारिएको सूचीमा यसपटक नेपालको वरीयतामा गिरावट आएको छ । नेपाल १०१ औँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा रहेको थियो ।

    नेपालको राहदानी भएका व्यक्तिले भिसा बिना ३९ देशमा यात्रा गर्न सक्छन्। संसारको सबैभन्दा खराब पासपोर्टको कुरा गर्ने हो भने अफगानिस्तान १०६ नम्बरमा, सिरिया १०५ नम्बरमा, इराक १०४ नम्बरमा, पाकिस्तान र यमन १०३ नम्बरमा र सोमालिया १०२ नम्बरमा छ ।

    यस सूचीलाई हेर्दा केही समयदेखि युद्धको चपेटामा परेका र आतङ्कवाद, लागुऔषध तस्करी र गरिबीका कारण विश्वभर चर्चित रहेका देशहरू हुन् । छिमेकी मुलुक भारतको वरियतामा पनि ५ अङ्कले गिरावट आएको छ । सूचीमा भारत ८५ नम्बरमा आएको छ भने गत वर्ष भारतको वरीयता ८० औँ थियो । मानिसहरूले भारतीय राहदानीमा ५७ देशहरूमा भिसा फ्री प्रवेश पाउन सक्छन्।

    यसपटक सिङ्गापुर शीर्ष स्थानमा छ । अमेरिका शीर्ष ५ देशको बाहिर छ । पाकिस्तानको पासपोर्ट सबैभन्दा खराब छ। यो देशको राहदानी सोमालिया भन्दा खराब छ। सिङ्गापुर राहदानी भएका व्यक्तिले भिसा बिना १९५ देशमा यात्रा गर्न सक्छन्। दोस्रो स्थानमा जापान रहेको छ जसको राहदानीमा १९३ देशमा बिना भिसा जान सकिन्छ ।

    तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन रहेका छन् जसको राहदानीमा भिसा नलिई १९२ देशको यात्रा गर्न सकिन्छ । चौथो स्थानमा अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन र लक्जमबर्ग रहेका छन्, जसका नागरिकले १९१ देशमा भिसा फ्री प्रवेश पाउन सक्छन् ।

    पाँचौँ नम्बरमा बेल्जियम, पोर्चुगल, बेलायत, स्विट्जरल्याण्ड र न्युजिल्याण्ड रहेका छन्, जसको राहदानीमा १९० देशमा भिसा फ्री प्रवेश छ। ९ नम्बरमा अमेरिका छ । यो देशको राहदानीमा १८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # झनै कमजोर बन्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology