Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२० हजार धरौटीमा रिहा भइन् आशिका तामाङ

२० हजार धरौटीमा रिहा भइन् आशिका तामाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०८१ शनिवार • ०७:०७:५० बजे
  • 778
    SHARES
  • २० हजार धरौटीमा रिहा भइन् आशिका तामाङ

    आफूलाई अभियन्ता दाबी गर्ने आशिका तामाङ २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छिन् । जिल्ला अदालत, भक्तपुरले उनलाई धरौटीमा छाड्न आदेश दिएको भक्तपुर प्रहरीका डीएसपी ढुण्डिराज नेउपानले  बताए ।

    images

    न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो । उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।

    तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं- १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन् ।

    सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

  • सम्बन्धित विषय:

  • # आशिका तामाङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology