Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०८१ शनिवार • ०५:३३:०३ बजे
  • 616
    SHARES
  • ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

    हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

    images

    शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

    ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । बम्जनलाई उपचारको क्रममा सिएमसी चुरेहिल अस्पताल हेटौंडामा शुक्रबार राति सवा ९ बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    अटोमा सवार मनहरी-६ खयरघारीकी मृतक पूजा बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट रहेको छ । चुरेहिल अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । .

    दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका-१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी अर्यालले बताए । अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका-२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # छोरा र चालक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology