Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०८१ बिहिवार • ०५:५४:२२ बजे
  • 604
    SHARES
  • जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु

    काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।

    images

    जन्ती तेमाल पुर्‍याएर धादिङ फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी पचुवारघाटका प्रहरी हवल्दार शम्भु बोहोराले जानकारी दिए ।

    प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology