Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक

धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०८१ सोमवार • ०६:३७:१९ बजे
  • 598
    SHARES
  • धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक

    सडक सुविधा पुगेसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको बगर, सिम्कोसका साथै चेचुङ र खिवाङ गाउँका बासिन्दा लाभान्वित भएका छन् ।

    images

    धौलागिरि आधार शिविर जाने पदमार्गको अन्तिम मानव बस्ती बगरमा गत हप्ता सडक पुगेको हो । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले निर्माणाधीन जलविद्युत् आयोजनाको पहुँच मार्ग र सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत निर्माण भएको सडकबाट स्थानीयवासीलाई सुविधा पुगेको बताए ।

    धौलागिरि गाउँपालिका–४ मा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रि खोलादेखि बगरसम्म १५ किलोमिटर पहुँचमार्ग निर्माण गरेका हुन् ।

    अहिले सो क्षेत्रमा सडकमा जिप, ट्र्याक्टर, मोटरसाइकल चल्न थालेका छन् । धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी, गुर्जा, दरखोलामा तीन वटा जलविद्युत् आयोजना निर्माण सुरू भएका र पाँच वटा निर्माणको तयारीमा रहेका मध्य धेरैजसोको निर्माण् स्थल वडा नं ४ को भूगोलमा पर्छ ।

    आइतबार धौलागिरि गाउँपालिका–४ बगर पुगेका म्याग्दी १(२)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले निर्माण भएका सडकमा नियमित र सुरक्षित रूपमा यातायात सञ्चालनको व्यवस्था मिलाउन जलविद्युत् आयोजनासँग समन्वय गर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # गाउँमा पुग्यो सडक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology