Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०८१ सोमवार • ०७:०२:५८ बजे
  • 574
    SHARES
  • अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

    अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन् ।

    images

    उनलाई सोही नगरपालिका-१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ परेका बस्याललाई अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    बस्यालले एक वर्षअघि २६ वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । क वर्गकी अपाङ्गता भएको ती महिलालाई बस्यालले आफ्नो घरमा घरायसी काम गराउने र त्यसै बेला कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको आरोप छ ।

    पीडित महिलाबाट तीन महिनाअघि छोराको जन्म भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology