Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल शिक्षक महासंघ वार्तामा जान तयार

नेपाल शिक्षक महासंघ वार्तामा जान तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०८१ बुधवार • १४:०२:४० बजे
  • 763
    SHARES
  • नेपाल शिक्षक महासंघ वार्तामा जान तयार

    नेपाल शिक्षक महासंघ वार्तामा जान तयार भएको छ । सरकारले बोलाएको वार्तामा भोलि (बिहीबार) शिक्षक महासंघ जान लागेको हो । महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति बनाउने वा को-को जाने भन्ने लगायत विषयमा रणनीति बनाउन बैठक बसिरहेको छ ।

    images

    ‘शिक्षक महासंघलाई सम्बोधन गरेर फेरि शिक्षा सचिवको एउटा पत्र आयो । अहिले वार्तामा कसरी सहभागी हुने, को-को जाने भनेर रणनीति बनाउन छलफल गरिरहेका छौं,’ ती पदाधिकारीले भने ।

    आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुली महासंघ आन्तरिक छ्लफलमा रहेको बताउँछिन् । ‘हामी छलफलमा छौं,’ उनले अनलाइनखबरसँग भनिन् ।

    शिक्षा मन्त्रालय स्रोतका अनुसार पनि शिक्षक महासंघले वार्तामा बस्ने बताएको छ । ‘भोलि (बिहीबार) उहाँहरूले आउने भन्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ ।

    बुधबार शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । शिक्षकहरूले यसअघि दिउँसै बत्ती बालेर, कालो मास्क लगाएर, सिटी फुकेर प्रदर्शन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # वार्तामा जान तयार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology