Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८२ आइतवार • ०५:३७:४८ बजे
  • 1.8K
    SHARES
  • पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

    पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमान्को शव भेटिएको छ ।

    images

    स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

    उनले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिए ।

    अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उनको भनाइ छ । गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको खोजी जारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology