Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २३, २०७७ शुक्रवार • १०:३८:५१ बजे
  • 1.7K
    SHARES
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा  वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी
    सांराशमा : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा गएराति वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी

    लन्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा गएराति वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी भयो । वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को सहज जीत निकालेको हो । यो खेल इग्ल्यान्डका युवा खेलाडी डोमिनिक कल्भर्ट लेबिनका लागि विशेष रह्यो । पहिलो पटक राष्ट्रिय टोलीमा उनी सहभागी भएका थिए । उनले डेब्यु खेलमा गोल गरे ।

    उनले यो सिजनको प्रिमियर लिगमा १० गोल पूरा गरिसकेका छन् । प्रिमियर लिगमा फर्ममा देखिएका फरवार्डले एभर्टनबाट ९ गोल गरिसकेका छन् । २६ औं मिनेटमा गोल गर्दै कल्भर्टले इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । कोनोर कोएडीले ५३ औं मिनेटमा इङ्ल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । डेनी इग्सले ६३ औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डलाई सहज जित दिलाए । इङ्ल्याण्ड पछिल्ला ८ खेलमा वेल्ससँग अपराजित थियो ।

    यस्तै गएराति नै भएका अन्य खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २–१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १–१ को बराबरी खेलेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology