Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८२ आइतवार • ०५:४८:५७ बजे
  • 1.4K
    SHARES
  • पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

    अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।

    images

    पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

    उनका अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै र‍ोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको प‍ोल ढलेको छ । त्यस्तै महभीरमा सडक भास्सिएको प्रहरीले जनाएको छ । मोटरसाइकलहरू जोखिम मोलेर पार गरिरहेका छन् ।

    पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीय प्रभावित भएका छन् । तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर रोकिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology