Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाडीले च्यापेर एक जनाको मृत्यु

गाडीले च्यापेर एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८२ आइतवार • ०५:५१:२८ बजे
  • 1.4K
    SHARES
  • गाडीले च्यापेर एक जनाको मृत्यु

    दाङ देउखुरीको लमहीमा आफ्नै गाडी पछाडि गुडेर भएर च्यापिँदा एक युवकको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा ओट लगाएको ढुंगा हटाउने क्रममा उनी च्यापिएका थिए । आज बिहान ६ बजेतिर गाडी पछाडि गुडेर बानियालाई च्यापेको थियो ।

    टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो । तर बिहान ६:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका लमही प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology