Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किन रोकिन्छ महिनावारी

किन रोकिन्छ महिनावारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८२ शुक्रवार • ०६:५९:०३ बजे
  • 1.2K
    SHARES
  • किन रोकिन्छ महिनावारी

    चिकित्सकीय भाषामा महिनावारी रोकिनुलाई ‘एमेनरीआ’ भनिन्छ । सामान्यतः गर्भावस्था यसको प्रमुख कारण हो, तर अन्य स्वास्थ्य समस्याले पनि महिनावारीमा गडबडी ल्याउन सक्छ । सामान्यतया, प्रजनन उमेरका महिलामा प्रत्येक २८ दिनमा महिनावारी हुन्छ, जसमा दुई९चार दिनको तलमाथि सामान्य मानिन्छ ।

    images

    तर, बारम्बार महिनावारी अनियमित भएमा वा लामो समयसम्म नहुँदा यो गम्भीर स्वास्थ्य समस्याको सङ्केत हुन सक्छ । यूकेको न्याश्नल हेल्थ सर्भिसले गर्भावस्थाबाहेक लगातार तीन महिना महिनावारी अनियमित भएमा वा ४५ वर्ष नपुग्दै रोकिएमा चिकित्सकसँग परामर्श गर्न सुझाएको छ । १५ वर्षको उमेरसम्म महिनावारी सुरु नभएमा पनि चिकित्सकीय सल्लाह लिनुपर्ने हुन्छ ।

    महिनावारी रोकिनुका प्रमुख कारणहरू
    १.तनाव
    तनावले एड्रेनालिनजस्ता हर्मोनको उत्पादनमा असर पार्छ, जसले महिनावारीलाई ढिलो, पीडादायी वा पूर्ण रूपमा रोकिदिन सक्छ । तनाव व्यवस्थापनका लागि नियमित व्यायाम र श्वासप्रश्वास अभ्यासको आवश्यक मानिन्छ । यदि यो प्रभावकारी नभए, संज्ञानात्मक-व्यवहार थेरपी (सीबीटी) उपयोगी हुन सक्छ ।

    २.अचानक तौल घट्नु

    अत्यधिक क्यालोरी नियन्त्रणले डिम्बोत्पादनका लागि आवश्यक हर्मोन उत्पादनमा कमी ल्याउँछ । १८ प्रतिशतभन्दा कम बीएमआई भएका महिलालाई पोषणविद्को सल्लाह लिन सुझाव दिन्छन् । एनोरेक्सियाजस्ता खानपान समस्यामा मनोचिकित्सकको सहयोग चाहिन्छ ।

    ३. मोटोपन

    अधिक तौलले इस्ट्रोजन हर्मोनको उत्पादन बढाउँछ, जसले महिनावारीलाई प्रभावित गर्छ । ३० भन्दा माथिको बीएमआई भएकाहरूलाई स्वस्थ तौलका लागि पोषणविद्को सल्लाह लिन आवश्यक हुन्छ । 

    ४.अत्यधिक व्यायाम 

    चरम शारीरिक कसरतले हर्मोनमा असर पार्छ र डिम्बोत्पादन रोकिन सक्छ । यस्तो समस्याबाट बच्नेको लागि व्यावसायिक खेलाडीहरूलाई खेलकुद चिकित्सकको सल्लाह उपयोगी हुन्छ ।

    ५. पोलिसिस्टिक ओभरी सिन्ड्रोम
    पीसीओएसले डिम्बाशयमा साना थैलीहरू बनाउँछ, जसले डिम्बोत्पादनमा बाधा पु¥याउँछ । यो यूकेमा १० मध्ये एक महिलालाई प्रभावित गर्छ ।

    ६.रजनोवृत्ति
    ४५-५५ वर्षको उमेरमा रजनोवृत्ति सामान्य हो, तर १०० मध्ये एक महिलामा ४० वर्षअघि नै यो हुन सक्छ ।

    ७.गर्भनिरोधक
    गर्भनिरोधक चक्की, सुई वा उपकरणले महिनावारी रोकिन सक्छ ।
    ८. अन्य स्वास्थ्य समस्या
    मधुमेह, थाइराइड वा दीर्घकालीन औषधिले पनि एमेनरीआ निम्त्याउन सक्छ ।

    महिलाहरूले आफ्नो शरीर बुझ्नु र अनियमितताको सङ्केत देखिए चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण छ ।

  • सम्बन्धित विषय:

  • # महिनावारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology