Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मृत भेटिएका दिदीबहिनीको शव पोस्टमाटर्मका लागि पठाइयो

मृत भेटिएका दिदीबहिनीको शव पोस्टमाटर्मका लागि पठाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८२ शुक्रवार • ०७:१६:२९ बजे
  • 1.3K
    SHARES
  • मृत भेटिएका दिदीबहिनीको शव पोस्टमाटर्मका लागि पठाइयो

    भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडे सिन्टीटारमा मृत फेला परेका किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

    images

    बिहीबार बिहान सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३)को शव पोस्टमार्टमका लागि बिहीबार राति अस्पताल पठाइएको हो ।

    राति ११ बजेति मृतकका आफन्त आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमाटर्ममका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए । पोस्टमाटर्मपछि मात्रै मृत्युको यकिन कारण खुल्ने बताइएको छ ।

    मृत भेटिएका दिदीबहिनी भारतको मुम्बईबाट हराएको पाइएको छ । करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएको उनका बाबुआमाले बताएका छन् । बिहीबार बिहान ६:४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुईतले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका थिए । उनीहरूको घर सुर्खेत पञ्चपुरी नगरपालिका-८ रहेको प्रहरीले बताएको छ । आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।

    फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरू मृत भेटिएका हुन् । मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन् । मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए ।

    सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए । उनीहरूले यो कुरा तीन दिन पहिला ५ साउनमा बताएको प्रकाशित अन्तर्वार्ताको मितिबाट खुल्छ । त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सार्वजनिक भएको छ । यता, यस विषयमा केही जानकारी नभएको प्रहरीले बताएको छ ।

    प्रहरी स्रोतका अनुसार मृत भेटिएका किशोरी करिब १५ दिनअघिबाट उक्त घरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताएको प्रहरीले अनलाइनखबरलाई जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दिदीबहिनीको शव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology