Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

क्यानडामा यौन दुर्व्यवहारको आरोप लागेका पाँच हक्की खेलाडी निर्दोष ठहर

क्यानडामा यौन दुर्व्यवहारको आरोप लागेका पाँच हक्की खेलाडी निर्दोष ठहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८२ शुक्रवार • ०७:३९:१२ बजे
  • 913
    SHARES
  • क्यानडामा  यौन दुर्व्यवहारको आरोप लागेका पाँच हक्की खेलाडी निर्दोष ठहर

    क्यानडामा यौन दुव्र्यवहार आरोपमा संलग्न पाँच खेलाडी निर्दोष ठहर भएका छन् । ओन्टारियोस्थित अदालतले पाँचजना पूर्व आइस हक्की खेलाडीलाई एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा निर्दोष ठहर गरेको हो ।

    images

    अदालतकी न्यायाधीश मारिया कारोचियाले आठ सातासम्म चलेको सुनुवाइपछिको बयान र प्रमाणहरुको समीक्षा गर्दै माइकल म्याक्लियोड, डिलन ड्युबे, क्याल फुट, एलेक्स फोरमेन्टन र कार्टर हार्टलाई निर्दोष ठहर गरेको बीबीसीले जनाएको छ ।

    उनीहरुमाथी २०१८ मा लन्डनस्थित ओन्टारियोमा भएको हक्की क्यानडा गाला कार्यक्रममा सहभागी भएका बेला एक महिलामाथि होटलमा सामूहिक यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

    न्यायाधीशले पीडित महिलाको बयानलाई विश्वसनीय वा भरपर्दो नरहेको बताउँदै अभियोजन पक्षले अभियोग पुष्टि गर्न नसकेको भन्ने निष्कर्ष निकालेका छन् ।

  • सम्बन्धित विषय:

  • # खेलाडी निर्दोष ठहर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology