Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यसरी फैलिएको छ उपत्यकामा कोरोना

यसरी फैलिएको छ उपत्यकामा कोरोना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७७ शुक्रवार • १०:५४:११ बजे
  • 1.0K
    SHARES
  • यसरी फैलिएको छ उपत्यकामा कोरोना

    ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सानाठूला चारपांग्रे गाडीको नवीकरण, जाँचपास, सवारी पासलगायत कामका लागि दैनिक दुई हजारभन्दा बढी सेवाग्राही पुग्छन् । तर त्यहाँ सामाजिक दूरी भने फिटिक्कै कायम भएको देखिन्न । बेपर्वाह सेवाग्राहीका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण अझै तीव्र गतिमा फैलिने जोखिम बढेको छ ।

    images
    यातायात व्यवस्था कार्यालयका सानाठूला सवारी प्रमुख यादवनाथ आचार्य सेवाग्राहीले सामाजिक दूरी कायम नगर्दा संक्रमणको जोखिम उच्च भएको बताउँछन् । ‘कार्यालयले सामाजिक दूरी कायम गर्न जति आग्रह गरे पनि सेवाग्राहीले फिटिक्कै मान्दैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा काम गर्दा हामी पनि उच्च जोखिममा छौं ।’
     

    कोरोनाका कारण यातायात कार्यालय लामो समयसम्म बन्द भएकाले पनि विगतको तुलनामा दैनिक दोब्बरभन्दा धेरै सेवाग्राही आएको आचार्यको भनाइ छ । ‘सामान्य अवस्थामा दैनिक आठ सयजति सेवाग्राही आउँथे,’ उनले भने, ‘अहिले दैनिक दुई हजारभन्दा धेरै सेवाग्राहीलाई सेवा दिइरहेका छौं ।’

    चारपांग्रे सवारीसाधन नवीकरण गर्न एकान्तकुना पुगेका अनिल शर्माले सरकारले सवारी नवीकरण दस्तुर कात्तिकभित्र तिर्नुपर्ने नत्र जरिवाना लाग्ने प्रावधान राखेका कारण भीड भएको बताए ।

     ‘सामाजिक दूरी त भन्नेमात्रै हो,’ उनले भने, ‘सरकारले कात्तिकसम्म मात्रै सवारीचालक तथा सवारीसाधन नवीकरणमा विलम्ब शुल्क नलाग्ने भनेकाले भीड भएको हो । सरकारलाई कोरोनाभन्दा करको चिन्ता देखिन्छ ।’  नागरिक दैनिकबाट

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology