Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरि लकडाउन गर्न सुझाव, सरकारले निर्णय लिन बाँकी

फेरि लकडाउन गर्न सुझाव, सरकारले निर्णय लिन बाँकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७७ शुक्रवार • १०:५५:४६ बजे
  • 2.6K
    SHARES
  • फेरि लकडाउन गर्न सुझाव, सरकारले निर्णय लिन बाँकी

    दुई महिनादेखि काठमाण्डु उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ । बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन् । एक महिनादेखि उपत्यकामा औसत ७ देखि १२ सयको संख्यामा संक्रमण दर रहेको  छ । यो अवधिमा उपत्यकामा हालसम्म १ सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

    दैनिक बढ्दो संक्रमणको कारण उपत्यकाका कोभिड अस्पताल र उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुने स्थिति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘यही दरमा वृद्धि हुने हो भने केही दिनमै बिरामीले उपचार नपाउने स्थिति आउन सक्छ,’ मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले भने । तीव्र संक्रमण बढेपछि स्वास्थ्य विज्ञहरुले सरकारलाई केही अवधिको लागि लकडाउन गर्न सुझावसमेत दिइसकेका छन् । ‘विज्ञहरुले सुझाव दिइसकेका छन्, तर लकडाउन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयको हैन,’ उनले भने ।

    images
     

    दैनिक संक्रमण तीव्र गतिमा बढ्दै जानुमा हाम्रै अटेरी व्यवहार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । ‘ हाम्रै अटेरीले तीव्र संक्रमण बढिरहेको छ, हामीले स्वास्थ्य सुरक्षाको उपाय अपनाएका छैनौं,’ उनले भने । उनले दैनिक स्वास्थ्य सुरक्षामा मापदण्डप अपनाउन अनुरोध गरिरहेका छन् । तर सबै नागरिकले पालना गरेको नदेखिएको शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुनले बताए ।

     

    डा. पुनका अनुसार सुरक्षा मापदण्ड ५० प्रतिशत मात्र पालना भएको देखिन्छ । सबैले यी उपाय व्यवहारमा नउतारेसम्म लकडाउनले स्थायी समाधान दिँदैन । ‘लकडाउनकै बेलामा प्रहरीको आँखा छल्न मास्क लगाउने, प्रहरी गएपछि मास्क फुकाल्ने धेरै भेटिए,’ उनले भने । पुनले अहिले इन्द्रचोकमा गएर हेर्दा लाहपरवाही प्रष्ट देखिने बताए । अहिले हात नमिलाउने र नमिलाएरै भए पनि मास्क लगाउनेहरु बढेका छन् । तर सुरक्षामा सबै मापदण्ड पालना गराउन सरकारले मात्र नसक्ने उनले बताए । नागरिक दैनिकबाट

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology