Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८२ शुक्रवार • १०:०५:३७ बजे
  • 574
    SHARES
  • बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

    बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ ।

    images

    बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका-५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुने पुरुषको पहिचान खुलेको छैन । दुर्घटनामा १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

    घाइतेमध्ये १२ जनाको उद्धार गरी रुपन्देही पठाइएको र बाँकीको चिसापानी अस्पतालमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology