Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०८२ सोमवार • ०९:३८:३१ बजे
  • 1.4K
    SHARES
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।

    images

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ईपीएस कोरिया शाखाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो । कुल ५,३०० कोटामध्ये ३,५०० उत्पादनमूलक र १,८०० कृषि तथा पशुपालन क्षेत्रका लागि छ । एक व्यक्तिले एक क्षेत्रमा मात्र आवेदन दिन पाउनेछ ।

    भाषा परीक्षा उत्तीर्ण गर्नेले दोस्रो चरणको स्किल र कम्पिटेन्सी टेस्ट दिएर रोजगार आवेदन भर्न पाउनेछन् ।

    १८ देखि ३९ वर्ष उमेरका, फौजदारी सजाय नपाएका, कोरियाबाट फिर्ता नभएका र अन्य मुलुकमा रोक नलागेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन साउन २६ देखि ३१ गतेसम्म दिन सकिनेछ । परीक्षा काठमाडौंमा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आवेदन खुल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology