Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मादी नदीले बगाउँदा एक जना बेपत्ता

मादी नदीले बगाउँदा एक जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८२ आइतवार • ०५:१५:२७ बजे
  • 460
    SHARES
  • मादी नदीले बगाउँदा एक जना बेपत्ता

    तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

    images

    बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका छन् ।

    बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

    पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई खोलाले बगाएको हो ।

  • सम्बन्धित विषय:

  • # एक जना बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology