Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रेल र कार ठोक्कियाे, तीन जना घाइते

रेल र कार ठोक्कियाे, तीन जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८२ आइतवार • ०६:१८:१९ बजे
  • 760
    SHARES
  • रेल र कार ठोक्कियाे, तीन जना घाइते

    जनकपुरधाममा रेल र कार ठोक्किँदा तीन जना घाइते भएका छन् ।

    images

    महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलले जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापाचोक नजिक कारलाई ठक्कर दिएको हो ।

    बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएका हुन् । कार क्षतिग्रस्त भए पनि घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # तीन जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology