Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त

वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०८२ सोमवार • ०६:३०:१९ बजे
  • 622
    SHARES
  • वर्षापछि उदयपुरका किसान रोपाइँमा व्यस्त

     निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् । उनीहरूलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न  भ्याइनभ्याइ भएको हो । 

    images


    कृषि  ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए ।  उनले भने, ‘आकासे वर्षा सुरु भएसँगै धान रोपाइँ जारी रहेको छ ।’  


    जिल्लाको त्रियुगा, कटारी र चौदण्डी नगर क्षेत्रमा रोपाइँ लगभग सकिएका छन् । लामो खडेरीको कारण जिल्लाका तराईका किसानले जमिनबाट ‘बोरिङ’ प्रयोग गरेर रोपाइँ गरेका थिए, भने पहाडी क्षेत्रका खोलानालाको स्रोत नै सुकेका कारण रोपाइँ ठप्प भएको थियो ।

  • सम्बन्धित विषय:

  • # रोपाइँमा व्यस्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology