Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवाको ‘सिफ्ट’ थपियो

बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवाको ‘सिफ्ट’ थपियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०८२ मंगलवार • ०४:४५:५८ बजे
  • 718
    SHARES
  • बेनीको प्रादेशिक अस्पतालमा ‘डायलाइसिस’ सेवाको ‘सिफ्ट’ थपियो

     म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गाैलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई  चरण (सिफ्ट)मा ‘डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो । 

    images

    अस्पतालका प्रमुख चिकित्सक डा रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डाइलाइसिस सेवा दिन थालिएको जानकारी दिए। “यसअघि बिहान १०देखि राति १० बजेसम्म डाइलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए,” उनले भने, “सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डाइलाइसिसगर्न पाउनुभएको छ ।”

    थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतिक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डाइलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको डा प्रधानले बताए । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology