Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोले रिडी–तम्घास सडक अवरुद्ध

पहिरोले रिडी–तम्घास सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०८२ बिहिवार • ०४:५१:१७ बजे
  • 565
    SHARES
  • पहिरोले रिडी–तम्घास सडक अवरुद्ध

    मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    images

    रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 


    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ ।

    निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई  सञ्चालनको अनुमति दिइने छ ।

    यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology