Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्रक भिरबाट खस्दा चालकको मृत्यु

ट्रक भिरबाट खस्दा चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०८२ बिहिवार • ०६:२७:३४ बजे
  • 862
    SHARES
  • ट्रक भिरबाट खस्दा चालकको मृत्यु

    कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ थामकोटमा भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक दुर्घटनामा परेको हो ।

    images


    जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बुधवार राति साढे ८ बजेको समयमा नेपालगन्जबाट खाद्यान्नसहित ग्याँस तथा सिमेन्ट बोकेको ट्रक दुर्घटनामा परेको हो । 

    दुर्घटनामा मृत्यु हुनेमा दैलेखका मानबहादुर सारु मगर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार रातको समयमा कच्चि सडकमा ट्रक लैजाँदा सडक भासिएर दुर्घटना भएको हो । मानबहादुरसँगै ट्रकमा रहेका सहचालक भने सकुशल रहेका छन् । उनी टायरमा ढुङ्गा ओट लगाउनका लागि झरेको बेला ट्रक सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # चालकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology