Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ सेवा समाज कुवेतको आयोजनामा भलिबल प्रतियोगिता हुदैँ

बागलुङ सेवा समाज कुवेतको आयोजनामा भलिबल प्रतियोगिता हुदैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०८२ शनिवार • १८:३८:५९ बजे
  • 2.7K
    SHARES
  • बागलुङ सेवा समाज कुवेतको आयोजनामा भलिबल प्रतियोगिता हुदैँ

    कुवेत- बागलुङ  सेवा समाज कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा भलिबल प्रतियोगिता आगामी ३ अक्टोबर २०२५, शुक्रबार बिहान ८:०० बजेदेखि महाबुल्ल बलक-१ स्थित खुला खेलमैदानमा आयोजना गर्न लागेको हो । 

    images

    भलिबल प्रतियोगितामा कुवेतभरका विभिन्न टिमहरूको सहभागिता रहनेछ । खेलमा भाग लिन प्रत्येक टिमले २० केडि दर्ता शुल्क बुझाउनु पर्नेछ। प्रतियोगितामा विजेतालाई आकर्षक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

    त्यस्तै प्रतियोतामा पहिलो हुने टिमलाई २०१ केडि, प्रमाणपत्र, दोस्रो हुनेलाई १०१ केडि, प्रमाणपत्र र तेस्रो हुनेलाई ५१ केडि पुरस्कार दिइने छ । सस्थाले कुवेतमा रहेका नेपाली बीच मैत्रीपूर्ण सम्बन्ध साथै खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्दै प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology