Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जनाको शव नेपाल ल्याइयो

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जनाको शव नेपाल ल्याइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०८२ बुधवार • ०९:२५:१० बजे
  • 805
    SHARES
  • कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ जनाको शव नेपाल ल्याइयो

    कुवेतमा मृत्यु भएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । नेपाली दूतावास कुवेतले ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेको र एक जनाको शव बुधबार पठाउन लागिएको जनाएको छ । 

    images


    नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवनबाट केही दिनको फरकमा अघिल्लो साता १२ जनाको मृत्यु भएको थियो । मृत्यु भएका बाँकी श्रमिकको शव पठाउन प्रक्रिया चलिरहेको उनको भनाइ छ । उनले अहिले पनि १५ जना बिरामीहरूको कुवेतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जसमध्ये १२ जना आईसीयूमा छन् । 


    कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा नेपाली प्रभावित भएका हुन् । उक्त घटनामा केही नेपाली पक्राउ समेत परेको समाचारमा जनाइएको छ । यद्यपि दूतावासले आफूहरूले यसबारे बुझिरहेको भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ । 


    आजै प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यहाँ नेपाली कामदारको भएको मृत्युबारे संसद्‌मा जानकारी गराउन माग गरेका थिए ।   कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # शव नेपाल ल्याइयो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology