Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको मृत्यु

बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०८२ बुधवार • ०९:२७:१४ बजे
  • 664
    SHARES
  • बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको मृत्यु

    बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको ज्यान गएको छ । जिल्लाको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँकदरको आक्रमणबाट मृत्यु भएको हो ।

    images


    बाँदरको आक्रमणबाट घाइते भएका नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको गाउँपालिकाकी उपप्रमुख विमला केसीले जानकारी दिइन् ।

    नेपालीलाई बुधबार बिहान बाँदरको हुलले आक्रमण गरेको थियो । आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा उनीमाथि आक्रमण भएको थियो ।

    बाँदरको आक्रमणबाट अचेत भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology