कुवेत- नेपाल मगर संघ शाखा कुवेतको आयोजना तथा अल-मुजैनी एक्सचेन्जको मुख्य प्रायोजन रहेको शहिद लखन थापामगर रनिङ शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल प्रतियोगिताको पाँचौं संस्करणको उपाधी कल्याणकारी नेपाली युवा समाज कुवेतले हात पारेको छ ।

मंगाफ स्पोर्टस क्लवको सुबिधा सम्पन्न भलिबल स्टेडियममा २२ अगष्त २०२५ मा सम्पन्न प्रतियोगितामा बागलुङ सेवा समाज कुवेतलाई सोझो सेटमा हरादै उपाधी हात पारेको हो ।कल्याणकारीले लखन थापामगर रनिङ्ग शिल्ड गोल्ड कप लगातार तीन वर्ष (३ पटक) बिजयी भई कब्जा जमाएको छ । बिजयी टिमले ट्रफी, मेडल, प्रमाण–पत्र र २५१ केडी सहित अतिरिक्त केडी नगदीले पुरस्कृत गरिएको छ । त्यस्तै द्वितीय पुरस्कार ट्रफी, मेडल, प्रमाण–पत्र र १५१ केडी बागलुङ सेवा समाज कुवेतले हात पारेको छ ।

नेपाल मगर संघ शाखा कुवेतका अध्यक्ष जय आलेको सभातित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका श्रम सहचारी गिरी प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका महेश पक्षधरका अध्यक्ष दिल कुमार पाख्रीन , बद्री पक्षधरका बिकास सिंह, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल, अल मुजैनी एक्सचेन्ज कुवेतका (Al Muzani Exchange) Operantions Manager- Mr. Guruprasad Kadri, Manager -Partnership- Mr. Savio Francis & Event Marketing Officer - Mr Ashley D Souza, नेपाली मार्केटिङ म्यानेजर राम बस्नेत लगायत कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रमुख/ प्रतिनिधि , पत्रकार, खेलप्रेमी दर्शक, बुद्धिजिबी, भद्रभलाद्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।