Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुटकेसभित्र महिलाको शव फेला

सुटकेसभित्र महिलाको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०८२ आइतवार • ०४:५७:०६ बजे
  • 1.5K
    SHARES
  • सुटकेसभित्र महिलाको शव फेला

     रौतहटको गौर नगरपालिका-९, मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेसभित्र एक अज्ञात महिलाको शव फेला परेको छ । शनिवार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो ।

    images


    जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्की नेतृत्वको टोलीले आइतबार बिहान सुटकेस खोल्दा करिब ३० वर्षीया महिलाको शव कोचिएको अवस्थामा भेटिएको हो ।

    मृतकको पहिचान अझै खुल्न सकेको छैन । प्रहरीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनास्थल नजिकैको एक विद्यालयको सीसीटीभी फुटेज जाँच गरी अनुसन्धान भइरहेको छ ।

    यो साता रौतहटमा यो तेस्रो शव फेला परेको घटना हो । यसअघि नेपाल लजमा सप्तरीका उपेन्द्र भगत मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मियाको छुरा प्रहारबाट हत्या भएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology