Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते

पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८२ सोमवार • ०६:०८:११ बजे
  • 670
    SHARES
  • पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते

    पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । 

    images

    दुर्घटनामा घाइते सबैको उद्धार भैसकेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । सबैको अवस्था सामान्य छ । 

    ‘दुर्घटना हुने बित्तिकै उद्धार भयो । ठुलो क्षति हुन पाएन,’ उनले भने । बरालले आफ्नै गाडी र दुई वटा एम्बुलेन्स परिचालन गरेर उनीहरूको उद्धार गरेका हुन् । 

    घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # २३ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology