Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१८ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

१८ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८२ सोमवार • ०६:१४:०९ बजे
  • 721
    SHARES
  • १८ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

     जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न १८ जिल्लामा बाढी आउने सम्भावना रहेको जानकारी दिएको छ ।

    images

    महाशाखाले बुलेटिन जारी गर्दै आज विभिन्न १८ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

    आज बिहानको बाढी मापन अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ । तर दिउँसो बढ्ने सम्भावना छ ।

    त्यस्तै धादिङ, नुवाकोट, लमजुङ र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ । जसका कारण आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, चितवन, मकवानपुर, कास्की, मुस्ताङ, कालीकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ । जसकारण आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम रहेको बाढी महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सतर्क रहन आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology