धादिङको गलौंदीमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा सुख्खा पहिरो खसेको हो ।पहिरोका कारण एकतर्फी सड्क अवरुद्ध भएको छ ।
३ वटा डोजरको सहयोगमा दुई तर्फी सडक सुचारु गर्ने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।