Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०८२ बिहिवार • ०८:००:१५ बजे
  • 487
    SHARES
  • अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

     अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    images

    अछामको तुर्माखाँद  गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

    अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने बाँकी रहेको बताए ।

    घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइसकेको प्रजिअ सारुले अनलाइनखबरलाई जानकारी दिए ।

    तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झन्डै ५/७ सय मिटरको दूरीमा रहेको वनकझ रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

    उनले भने, ‘दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए । घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।’

    अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १५ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् । उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # दुई किशोरी मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology