Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू भित्र प्रवेश गर्न नपाएपछि आक्रोशित बने

सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू भित्र प्रवेश गर्न नपाएपछि आक्रोशित बने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०८२ आइतवार • ०९:४६:५२ बजे
  • 1.6K
    SHARES
  • सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू  भित्र प्रवेश गर्न नपाएपछि आक्रोशित बने

    सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरू आक्रोशित बनेका छन् ।

    images

    गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्नो ज्ञापनपत्र बुझाउन पुगेका घाइतेहरू हामी नेपालका संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित बनेका हुन् । उनीहरूले सुदनलाई यो प्रदर्शनको लिडर भन्दै नहिँड्न समेत चेतावनी दिएका छन् ।


    भित्र प्रवेश गर्न नपाएपछि घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएका थिए ।

    आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्‍याइएको थियो ।

     

    गृहको गेटमा पुगेका घाइतेहरू आक्रोशित हुँदै जेनजी प्रदर्शनमा कोही पनि लिडर नभएको र आफूहरूको माग सम्बोधन हुनुपर्ने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीहरूलाई ताकीताकी गोली नहानेको बताएका थिए । घाइतेहरूले भने आफ्ना घाउ देखाउँदै ‘यो के हो ?’ भन्दै प्रश्न गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # आक्रोशित बने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology