Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डेरा गरी बस्ने युवकले गरे घर मालिकको हत्या

डेरा गरी बस्ने युवकले गरे घर मालिकको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०८२ मंगलवार • ०६:१५:२७ बजे
  • 772
    SHARES
  • डेरा गरी बस्ने युवकले गरे घर मालिकको हत्या

    झापाको बिर्तामोडमा हत्या आरोपमा एक पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-७ खालबाडी बस्ने ३६ वर्षीय फुर्बा तामाङको हत्या गरेको अभियोगमा तामाङकै घरमा डेरा गरी बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    images


    प्रेम कुमारले धारिलो हतियार प्रहार गर्दा फुर्बाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # घर मालिकको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology