Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा इमेल

अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा इमेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०८२ बुधवार • ०५:०७:०८ बजे
  • 583
    SHARES
  • अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा इमेल

    अर्थमन्त्री रामेश्वर खनाल र अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा गुनासोयुक्त इमेल आएका छन् ।

    images

    अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागेमा सिधै इमेल गर्न सकिने सूचना सोमबार सार्वजनिक भएको थियो ।


    त्यसको ६ घण्टामा १६६ इमेल आएको अर्थमन्त्री खनालले जानकारी दिए ।

    उनका अनुसार २ दर्जन इमेलको अर्थमन्त्रीले जवाफ समेत दिइसकेका छन् । ती मध्ये धेरैमा कारबाही समेत गरिसकिएको उनले जानकारी दिए ।

    बाँकीको यथाशीघ्र जवाफ दिइने उनले बताएका छन् । यससँगै अब आफ्नो व्यक्तिगत समस्याहरूको समाधान खोज्न सिंहदरबार धाउनु पर्ने बाध्यता समेत हट्ने अर्थमन्त्री खनालको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # १ सय ६६ वटा इमेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology