Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुग्लिन–नारायणगढ सडक: तुइन खोलाको विशाल पहिरो १४ सय घनमिटरको रहेको अनुमान

मुग्लिन–नारायणगढ सडक: तुइन खोलाको विशाल पहिरो १४ सय घनमिटरको रहेको अनुमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०८२ बुधवार • ०५:१४:५८ बजे
  • 805
    SHARES
  • मुग्लिन–नारायणगढ सडक: तुइन खोलाको विशाल पहिरो १४ सय घनमिटरको रहेको अनुमान

    मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको विशाल पहिरो १२ सय देखि १४ सय घनमिटर भएको अनुमान गरिएको छ  । 

    images

    सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार, पहिरो पन्छाउने कार्य जारी रहे पनि सडक भोलि (असोज ९ गते) दिउँसोसम्म मात्रै सञ्चालनमा आउने अनुमान गरिएको छ ।

    सडक डिभिजनका अनुसार, आज बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोको परिमाण निकै ठुलो (१२ सय देखि १४ सय घनमिटर) रहेको हुँदा सडक खुलाउन समय लाग्ने जनाएको छ ।  माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेको भएतापनि, झर्न बाँकी रहेका साना तथा मझौला स्तरका ढुंगाहरू खस्न सक्ने सम्भावना कायमै रहेको सडक डिभिजनले जनाएको छ ।

    पहिरो पन्छाउनका लागि सडक विभागका उपकरणहरू सुरक्षित रूपमा निरन्तर काम गरिरहेका छन् । यस कार्यलाई थप प्रभावकारी बनाउन कुरिनटार र भरतपुरबाट इन्धनसहितका अन्य आवश्यक उपकरण बोकेका गाडीहरू घटनास्थलमा आवतजावत गरिरहेका छन् ।

    प्राकृतिक विपदको यस परिस्थितिमा सम्पूर्ण यात्रुहरूलाई धैर्य धारण गर्न सडक डिभिजन भरतपुरले विशेष अनुरोध गरेको छ । साथै, विभागका गाडीहरूलाई सहजीकरण गर्न र पहिरो सफा गर्ने कार्यमा बाधा नपुगोस् भन्नका लागि लेन अनुशासन अनिवार्य रूपमा कायम गरिदिन समेत आग्रह गरिएको छ । 

    सडक डिभिजनले यात्रुहरूले प्रयोग गर्न सक्ने वैकल्पिक सडक मार्गहरूको लागि रुट नेभिगेसन लिंक उपलब्ध गराएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ सय घनमिटर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology