Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने

वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०८२ मंगलवार • ०७:३२:५५ बजे
  • 610
    SHARES
  • वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने

    वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने भएको छ । त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए ।

    images

    दशैंको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि एक जना उपसचिवसहित सात जना कर्मचारीलाई राखिएको उनको भनाइ छ । दशैं बिदामा श्रम स्वीकृति जारी गर्नैपर्नेको हकमा ती कर्मचारीले श्रम स्वीकृति दिनेछन् ।


    वैदेशिक रोजगारीका लागि भिसा आइसकेर टिकट समेत काटिसकेकाहरूलाई दशैं बिदामा समेत श्रम स्वीकृति जारी गर्नुपर्ने अवस्था आउने गरेका छन् । उनीहरूलाई श्रम स्वीकृतिमा समस्या नहोस् भनेर कर्मचारी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

    श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ । सोही अनुसार आवश्यक कागजातसहित पेश गरिएको आवेदनको हकमा श्रम स्वीकृति जारी हुने गरेको छ । चाहिने कागजात पेश नगरिएको खण्डमा आवेदन अस्वीकृत हुन्छ भने के कारणले अस्वीकृत भएको हो त्यसको जानकारी समेत दिने गरिएको छ ।

     

    संयुक्त अरब इमिरेट्स (यूएई) ले हाल भिजिट भिसामा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गरेको छ । मलेसिया लगायतका अन्य मुलुकहरूले समेत वर्किङ भिसामा कडाइ गर्दै आएका छन् ।

    गत भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलनपछि कैदीबन्दीहरू भागेको कारण देखाउँदै ती देशहरूले कडाइ गरेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology