Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जारको पानीको मूल्य बढ्यो

जारको पानीको मूल्य बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७७ शनिवार • १०:२७:५७ बजे
  • 1.8K
    SHARES
  • जारको पानीको मूल्य बढ्यो
    व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ ।
    व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी मूल्य ५० रूपैयाँ तोकेपछि करिब दुई महिनापछि व्यापारीले पानीको मूल्य बढाएर बेच्न थालेका हुन् । विभागले ५० रूपैयाँ एमआरपी मूल्य तोकेकोमा चौतर्फी विरोध भएपछि कार्यान्वयन नगर्न निर्देशन दिएको भए पनि व्यापारीले त्यसलाई आधार बनाई मूल्य बढाएर बेच्न सुरु गरेका हुन् ।
    खरिद भाउ बढेर आएकाले मूल्य बढाएको काठमाडौं–१६ मा पानी बिक्री गर्ने प्रमोद गुरागाईंले बताए । ‘एक जार पानी ४० रूपैयाँमा बेच्दै आएको थिएँ,’ गुरागाईंले भने, ‘खरिद भाउ बढेपछि ४५ रूपैयाँमा बेच्न थालेको छु ।’ पानीको ब्रान्डअनुसार मूल्य फरकफरक छ ।’ एक जार पानीमा १० देखि १५ रूपैयाँ मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।
    योजनाबद्ध रूपमा पानीको मूल्य बढाउने काम भयो,’ तिमिल्सिनाले भने, ‘सरकारले ५० रूपैयाँ एमआरपी तोकेपछि त्यसलाई आधार बनाएर व्यापारीले मूल्य बढाएका हुन् ।’ पानीको एमआरपी मूल्य निर्धारणको विषय संसदीय समितिमा पुगेपछि विभागले मूल्य निर्धारण स्थगन गरे पनि अहिले व्यापारीले अटेर गरेर मनोमानी रूपमा मूल्य बढाएका छन् । विभागले पुरानो मूल्यका आधारमा एमआरपी मूल्य घटाएर प्रतिजार ५० रूपैयाँमा झारेको दाबी गरे पनि बजार मूल्यभन्दा धेरै तोकेपछि उद्योगीलाई बहाना मिलेको थियो । यो नागरिक दैनिकबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology