Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान लियो

इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान लियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८२ आइतवार • ०५:१४:४९ बजे
  • 643
    SHARES
  • इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान लियो

    अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठुलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्लो दुई दिन (हिजो र आज) गरी १८ जनाको मृत्यु भएको छ, जसमध्ये सबै इलाम जिल्लाका रहेका छन्। 

    images

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले उक्त जानकारी दिएका हुन् । प्रहरीले दिएको जानकारीअनुसार  सूर्योदय नगरपालिका-१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ ।

    त्यस्तै माङसेबुङ गाउँपालिका-१, पाटिगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र देउमाई नगरपालिका–५, धुसुनेमा २ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–३, रातमाटेस् १ जना र  इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ । 

    यससँगै इलाम जिल्लामा बाढी पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो । अविरल वर्षाका कारण इलामका अन्य क्षेत्रमा पनि क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ भने उद्धार तथा राहत कार्यका लागि पहल भइरहेको बुझिएको छ। 

    सुरक्षाकर्मी तथा स्थानीयको टोली प्रभावित क्षेत्रमा परिचालन भइरहेको जनाइएको छ।

  • सम्बन्धित विषय:

  • # ज्यान लियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology