Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रानीबारीको म्हेपी खोलामा श्रीमान्–श्रीमती हाम फाले

रानीबारीको म्हेपी खोलामा श्रीमान्–श्रीमती हाम फाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८२ आइतवार • ०५:२०:१३ बजे
  • 589
    SHARES
  • रानीबारीको म्हेपी खोलामा श्रीमान्–श्रीमती हाम फाले

     काठमाडौंको रानीबारीस्थित म्हेपी खोलामा एक दम्पती हाम फालेका छन् ।

    images

    शनिबार दिउँसो श्रीमान् श्रीमतीले नै खोलामा हाम फालेका हुन् । उक्त घटनामा श्रीमान श्याम बुढाथोकीको भने उद्धार भएको छ ।


    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, श्रीमती रितु रोका भने अझै बेपत्ता छिन् ।

    श्रीमान–श्रीमतीबीच झगडा भएपछि दुवै जना खोलामा हाम फालेको एसपी भट्टराईले जानकारी दिए ।


    उनीहरू खोलामा हाम फालेर अर्का एक जना बचाउन खोलामा गएका थिए । उनले श्रीमानको उद्धार गर्न सफल भए ।

    उद्धारपछि बचाउन गएका अमन टुन्चिङ मगरको पनि स्वास्थ्यमा समस्या देखिएको थियो ।

    उनीहरू दुवैको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology