Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सप्तकोसी ब्यारेजको ५६ वटै ढोका खोलियो

सप्तकोसी ब्यारेजको ५६ वटै ढोका खोलियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८२ आइतवार • ०५:२७:१८ बजे
  • 607
    SHARES
  • सप्तकोसी ब्यारेजको ५६ वटै ढोका खोलियो

    पानीको बहाव उच्च भएसँगै सप्तकोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले कोशीमा आइतबार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको जानकारी दिए । 

    images


    आजै बिहान पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको  थियो । 

    यसअघि गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो ।
    यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि  सप्तकोशीमा पानीको वहाव बढ्दै गएको हो । 


    कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । 

  • सम्बन्धित विषय:

  • # ५६ वटै ढोका खोलियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology