Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमती नदीमा डुबेर ७५ वर्षीय वृद्धाको मृत्यु

बागमती नदीमा डुबेर ७५ वर्षीय वृद्धाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८२ आइतवार • ०६:४५:४२ बजे
  • 790
    SHARES
  • बागमती नदीमा डुबेर ७५ वर्षीय वृद्धाको मृत्यु

    बाढीले बगाएर ल्याएका दाउरा टिप्न खोज्दा  बागमती नदीमा डुबेर रौतहटमा एक वृद्धा महिलाको मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका–८ निवासी ७५ वर्षीया पन्मा देवी रायको डुबेर मृत्यु भएको हो ।

    images

    इलाका प्रहरी कार्यालय पिपरारजवडाका अनुसार आज बिहान करिब ९ः३० बजे घरदेखि करिब दुई किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बागमती नदीमा दाउरा टिप्ने क्रममा उनी डुबेकी हुन् ।

    घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा मृतकको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले बताए ।

    यसै गरी बागमती नदीमै दाउरा टिप्ने क्रममा नदीले बगाएको एक वृद्धको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

    गढीमाई नगरपालिका ५ मा रहेको बागमती नदी किनारमा दाउरा निकाल्ने क्रममा ६५ वर्षिय बिगन राय यादवलाई खोलाले बगाएको थियो ।

    उनलाई तत्काल नै सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले उद्धार गरेको छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # वृद्धाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology