Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०८२ सोमवार • ०६:१६:१७ बजे
  • 1.5K
    SHARES
  • दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

    सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।

    images

    सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।

    वडाध्यक्ष यादवका अलावा तोडफोड र लुटपाटमा संलग्न स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी परेको थियो । जाहेरी परेसँगै वडाध्यक्ष यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी कार्य जारी रहेको एसपी शर्माले बताए ।

    १३ जनाविरुद्ध जाहेरी परे पनि अनुसन्धानबाट थप संलग्न व्यक्तिहरू पाइए उनीहरु माथि समेत कारबाही प्रक्रिया अघि बढाइने एसपी शर्माले बताए ।

     

    अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो ।

    स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर तोडफोड र लुटपाट भएको थियो ।

    पीडितका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंह लगयत २०/२५ जनाको समूहले घर तोडफोड तथा लुटपाट गरेका थिए । मिर्चैया र सशस्त्र प्रहरीको थप टोली आएपछि उनीहरू भागेका थिए ।

    असोज १ गतेको विश्वकर्मा पूजामा अरङ बजारमा आर्केस्ट्रा स्थलमा दलित समुदायसँग प्रभाससहितले विवाद गरेका थिए । त्यस घटना विरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दिएपछि उनीहरुले घर तोडफोड गरेको स्थानीयको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # वडाध्यक्ष पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology