नेपालमा कोरोना संक्रमणका कारण टिनएजरको ज्यान जान थालेको छ ।
दाङ घोराहीका १५ वर्षीय किशोरको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु भएको हो । घोराहीका ती युवकलाई प्लाज्मा थेरापी र अन्य औषधिबाट उपचार पनि गरिएको थियो ।
कोरोना संक्रमणले निमोनिया देखिनुबाहेक अन्य स्वास्थ्य समस्या नभएको र कोरोना संक्रमणकै कारण ती किशोरको ज्यान गएको चिकित्सकहरुले बताएका छन् ।