Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०८२ सोमवार • ०६:११:३१ बजे
  • 1.4K
    SHARES
  • पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

     रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

    images

    गौर-१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

    सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो ।

    तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # ४ जनाको उद्धार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology