Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

गण्डकी प्रदेशमा आज थप ३१ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

गण्डकी प्रदेशमा आज थप ३१ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७७ शनिवार • १४:३७:१४ बजे
  • 1.2K
    SHARES
  • गण्डकी प्रदेशमा आज  थप ३१ जनामा कोरोना संक्रमण, दुईको मृत्यु
    गण्डकी प्रदेशमा आज शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ । थपिने संक्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेका छन् ।
    प्रदेशमा कोरोना संक्रमित चार हजार ६ सय ४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology